|

भक्तपुर : अरनीको राजमार्ग अन्तरगत आदर्शचोकमा बुधबार मध्यराति भएको दुर्घटनामा घाइते भएका स्कुटी चालकको उपचारका क्रममा मृत्यु भएको छ।

सूर्यविनायकबाट जगतीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख २०३८ नम्बरको टिपरसँग विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–०२४ प ८०३३ नम्बरको  स्कुटी ठक्कर खाँदा सूर्यविनायक नगरपालिका–८, सिपाडोलका २१ वर्षीय निरज श्रेष्ठ गम्भीर घाइते भएका थिए।

उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनलाई तत्काल महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको टोलीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल पुर्‍याएको थियो।

प्रहरीले टिपर र चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ बस्ने २९ वर्षीय रमेश माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.