|

लमजुङ : जिल्लाको  मर्स्याङ्दी गाउँपालिकाले विद्यालयमा शिक्षकहरूलाई अनिवार्य रूपमा हाजिर हुन निर्देशन दिएको छ। गाउँपालिका शिक्षा शाखाले आगामी आइतबारदेखि विद्यालयमा शिक्षकको अनिवार्य उपस्थिति हुनुपर्ने  निर्देशन दिएको हो।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा प्रअहरूबीच बैठक बसी शिक्षकहरुको अनिवार्य आजिर हुन र  विद्यालयको आन्तरिक शैक्षिक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको हो।

कोभिड १९ को संक्रमण जोखिम कायम भएकाले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभए तापनि शैक्षिक सत्र सुरु भईसकेका शिक्षकहरु विद्यालयमा उपस्थिति भई विद्यालयको आन्तरिक शैक्षिक कार्यलाई निरन्तरता दिने आग्रह गरेको पालिकाका अध्यक्ष गुरुङले बताए।

त्यस्तै, विद्यालयमा  शैक्षिक सामाग्री निर्माण गर्न, छुट विद्यार्थी भर्ना तथा समीक्षा गर्न विद्यालयमा शैक्षिक योजना निर्माण गर्न विद्यालयका परीक्षा लगायतका अन्य अभिलेखिकरणका कार्यहरू सम्पन्न गर्न समेत पालिकाले  विद्यालयलाई  अनुरोध गरेको छ।

त्यस्तै, विद्यालयमा सरसफाई तथा स्वास्थ्य सामाग्रीहरुको उचित व्यवस्थापन गर्ने, स्वास्थ्य मापदण्डको पालना गर्दै आवश्यताअनुसारको शैक्षिक सुधारका लागी वैठकको आयोजना गर्ने, विद्यालयले सवै विद्यार्थीका लागी पाठ्यपुस्तक व्यवस्था गर्ने, विद्यालयको छात्रा वृत्ति वितरण गर्ने र विद्यालयमा आवश्यकताअनुसार अन्य शैक्षिक कार्य सञ्चालन गर्नेलगायत कार्य सञ्चालन गर्न अनुमति दिएको मस्र्याङ्दी गाउँपालिका शिक्षा शाखा प्रमुख देव राज  पौडेलल बताए।

गाउँपालिकाले अर्को सूचना जारी नगरेसम्म विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन  नगर्ने  तर सञ्चालनमा आएका अनलाइन कक्षालाई भने निरन्तरता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.