|

काठमाडौं : नेकपा एमाले  भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमाण्ड घोषणा गरेको छ। घोषणासँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आजै शपथ खुवाउनेछन्।

युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्‍न स्थानहरूबाट युथफोर्सले मोटरसाइकल र्‍याली तथा विभिन्‍न शक्ति प्रदर्शन गरेको छ।

पछिल्लो समय एमालेमा माधव नेपाल र केपी शर्मा ओलीको दुई पक्षले आ-आफ्नै तरिकाले विभिन्‍न कार्यक्रमहरू गर्दै आएका छन्। एक समूहले गरेका कार्यक्रममा अर्को समूह उपस्थित हुने गरेको छैन। आजको यस कार्यक्रममा पनि माधव नेपाल समूहको उपस्थिति भने छैन।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.