|

काठमाडौं : उपत्यकाका बिभिन्न स्थानमा भन्सार छलि सवारी साधन चोरी निकासी गरि बिक्री गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्धबाट हुन्डाई कम्पनीको दुई गाडीसहित मुस्ताङ लोधोगार दामोदरकुण्ड गाउँपालिका–४ घर भई बौद्ध बस्ने ३८ वर्षीय आग्या गुरुङ र भारत दार्जिलिङ घर भई बौद्ध बस्ने ४३ वर्षीय सोनाम टासी योल्मोलाई पक्राउ गरेको हो।

महाशाखाका अनुसार उनीहरुको साथबाट बा. १९ च २०३६ र DL8CAZ6082 नम्वरकाे गाडी बरामद गरिएको छ। उनीहरुलाई गाडीसहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थल भन्सार कार्यालय पठाइएको महाशाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.