|

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको कमला नदीले कटान गरेको स्थलको अनुगमन गरेका छन्।

कमला नदीमा आएको बाढीका कारणले धनुषाको सवैला नगरपालिका–१३ किरतपुरलगायतका ठाउँमा करिब सात सय मिटरमा तटबन्ध नै कटान गरेर बस्ती जोखिममा परेको छ। अनुगमनमा निधिले नदी कटान रोक्न भएको प्रयासबारे जानकारी लिएका थिए।

उनले कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख डिभिजन इन्जिनियर एकराज भट्टराईसँग प्राविधिक पक्षको बारेमा जानकारी समेत लिएका थिए।

कमला नदीले बाँध कटान गरेपछि धनुषाको सवैला, कमला, शहिदनगर नगरपालिका तथा जनकनन्दनी गाउँपालिका उच्च जोखिममा छन्। अनुगमन पछि उपसभापति निधिले बाँध कटान नियन्त्रणका लागि श्रोत साधनको कमी हुन नदिने बताए।

उनले कमला नदीबाट हुन सक्ने क्षतिबाट आम जनता जोगाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि बताए। त्यसैगरी नेता निधिले सप्तरीमा बलान नदीले गरेको कटान र त्यसबाट उत्पन्न समस्याबारे जानकारी लिएका छन्।

स्थानीयवासीले बलान नदीबाट भोग्नुपरेका समस्या उपसभापति निधिलाई जानकारी दिएका थिए। नेता निधिसँग नदीले गरेको कटानबाट भएको क्षतिबारे जानकारी लिन प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री राम सरोज यादव समेत थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.