|

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताबीच  गठबन्धनलाई थप सशक्त बनाएर सरकार संचालन गर्ने सहमति भएको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा गठबन्धन थप प्रभावकारी बनाउँदै सरकार सञ्‍चालनमा सहयोग गर्ने सहमति भएको हो।

बैठकमा सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा सुझाव दिनका गठित कार्यदलले गरेको कामबारे समीक्षा भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएको उनले बताए। 

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए।

छलफलमा सरकारमा सहभागी हुने मन्त्रीका विषयमा समेत कुराकानी भएको बताइएको छ। यसअघि गठबन्धनबाट बाहिरिएको भनेका नेता नेपाल पनि छलफलमा सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाइएको कार्यदलमा नेपाल पक्षका नेताहरू भने सहभागी छैनन्। शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री देउवा र एमाले बरिष्ठ नेता नेपालबीच छुट्टाछुट्टै भेट गरेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.