|

बझाङ : बझाङमा सेती नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन्। 

हाम फालेर बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका — ११ काप्रिकोटका ६० वर्षीय धर्मराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख  रुपक खड्काका अनुसार हामफाल्नुको कारण भने अझैसम्म खुल्न सकेको छैन।  ‘हाम फाल्नुको कारण अझैसम्म खुल्न सकेको छैन्,’ उनले भने, ‘अनुसन्धान हुँदैछ।’ 

स्थानीयले कपडेको झोलुङ्गे पुलबाट सेती नदीमा हाम फालेर बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको उनले बताए। हाम फाल्ने जोशीलाई अझैसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले खोजी कार्य जारी राखेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.