|

गुल्मी : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव समूहलाई माफी दिएको बताएका छन्।

प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले एमालेलाई एक ढिक्का बनाएर लैजानका लागि माधव समूहले गरेका हालसम्म गल्तीहरुलाई माफ दिएको बताए।

एमाले नेतृत्वको सरकारलाई ढालेर नेपाली कांग्रेसलाई सत्ता सुम्पिनका लागि माधव समूह लाग्नु विडम्बना भएको उनले टिप्पणी गरे। केही समूह र व्यक्तिगत स्वार्थका कारण एमालेमा यस्तो अवस्था आएको ज्ञवालीले बताए।

यस्तै‚ सचिव ज्ञवालीले वर्तमान गठबन्धनको सरकार अस्वभाविक भएकाले जनताको हितमा काम गर्ने एजेन्डा नै नभएको उनको दावी गरे। वर्तमान सकारबाट जनताको हितमा काम नहुने ठोकुवा गर्दै उनले यस अगाडि केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको मन छुने र विकासका कामहरु गरेको जिकिर गरे।

अर्को एक फरक प्रसंगमा ज्ञवालीले एमाले फुटाउन वर्तमान सरकारले अध्यादेश ल्याउन सक्ने बाहिर हल्ला आएको बताए। वर्तमान सरकारले एमाले पार्टी फुटाउनका लागि अध्यादेश ल्याउन सक्ने भन्दै त्यो सफल नहुने पनि दावी गरे। एमालेभित्रैका केही व्यक्ति र समूहको निजी स्वार्थका कारण पनि अन्य पार्टीहरु खेल्ने ठाउँ पाएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.