|

सल्यान : सल्यानमा गत आर्थिक वर्षमा एक अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज गएको छ। १० स्थानीय तह र एक दर्जन सरकारी कार्यालयले रकम फ्रिज गरेका हुन्।

गत आर्थिक वर्षमा संघबाट ३ अर्ब ४७ करोड ८ लाख र प्रदेशबाट २ अर्ब ७९ करोड २१ लाख ४५ हजार गरी ६ अर्ब २६ करोड २९ लाख रुपैयाँ बजेट आएको थियो। जिल्लामा संघीय बजेटअन्तर्गत पुँजीगततर्फको २८ करोड ५७ लाख, विशेष अनुदानमा ३९ लाख, र समपूरकमा ३६ लाख ६१ हजार रुपैयाँ फिर्ता गएको छ।

त्यस्तै, प्रदेश सरकारअन्तर्गत पुँजीगतमा ७७ करोड २७ लाख र चालुतर्फ २७ करोड ६९ लाख १७ हजार बजेट फ्रिज गएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिकाको ६ करोड ७० लाख, बागचौर नगरपालिकाको ६ करोड ३५ लाख, शारदा नगरपालिकाको ९ करोड ४० लाख बजेट फ्रिज गएको छ।

कपुरकोट गाउँपालिकाको २ करोड ५३ लाख र कालीमाटी गाउँपालिकाको ४ करोड ७० लाख,कुमाख गाउँपालिकाको ७६ लाख, छत्रेश्वरी गाउँपालिकाको १ करोड ९६ लाख, सिद्धकुमाख गाउँपालिकाको २ करोड ४४ लाख, त्रिवेणी गाउँपालिकाको ५ करोड ७० लाख र दार्मा गाउँपालिकाको ६५ लाख रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कमलसिं भण्डारीले बताए। बजेटको अख्तियारी ढिलो गरी आउनु, विकासे काममा ढिलाइ हुनु, कर्मचारी अभाव र कोरोनाका कारण यो वर्ष ठूलो बजेट फ्रिज गएको उनको भनाइ छ।

गत आर्थक वर्षमा कर्णाली प्रदेश सरकारले सल्यानका लागि २ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको थियो। जसमध्ये १ अर्ब ९५ लाख रुपैयाँ मात्र खर्च भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जुन करिब ६३ प्रतिशत मात्र हो।

स्थानीय तहले कोरोना महामारीकै कारण सरकारले उपलब्ध गराएको बजेटअनुसार काम गर्न नसकिएको जनाएका छन्। शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले महामारीका कारण झन्डै दुई दर्जन योजनामा काम हुन नसकेको बताए। सरकारले बजेट समयमै नपठाउँदा पनि बजेट फिर्ता जानुका साथै कोरोना महामारीका कारण बीचमा काम रोकिएपछि झन्डै ८० प्रतिशत योजनाको काम मात्र भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.