|

काठमाडौं : बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय सुनाइएकी एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ४५ वर्षीय निता भण्डारीलाई पक्राउ गरेको हो। भण्डारीविरुद्ध पैसा नभएको खाताको चेक दिएकोले चेक बाउन्स मुद्दामा उच्च अदालत पाटनबाट चार दिन कैद तथा १० लाख जरिवानाको फैसला सुनाइएको थियो।

उनले मुक्तिनाथ बिकास बैंकको चेक दिएर झुक्याएको ठहर गर्दै गत बैशाख ६ गते फैसला सुनाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.