|

काठमाडाैं : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै राजधानीको माइतीघरमा प्रदर्शन भएको छ। 

निर्मलाको हत्या भएको ३ वर्ष भइसक्दा पनि छानबिन नभएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो। 

२०७५ साउन १० गते उल्टाखाम महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो। घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो।

पोष्टमार्टम रिपोर्टबाट निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो। २०७५ साउन १० गते भएको घटनाको आइतबार(आज) ३ वर्ष पुगेको छ। तर, घटनाको तीन वर्ष पूरा हुँदासमेत सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.