|

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २२ सय ३७ जनामा संक्रमित थपिएका छन्। 

यो अवधिमा १३ हजार ८ सय ३४ जनामा गरिएको परीक्षण गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाभित्र दुई हजार ५० जना कोरोनामुक्त भएका छन्।

कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ जना पुगेको मन्त्रालयले जनाएकाे छ। काठमाडौं उपत्यकाभित्र ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा चार सय ६८,भक्तपुरमा ६७ र ललितपुरका ८९ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.