|

धनकुटा : धनकुटा बस दुर्घटनाका घाइतेमध्ये ७ जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। 

मध्यपहाडी लोकमार्गअन्तर्गत पाख्रिबास नगरपालिका–५ पञ्चेमा आइतबार दिउँसो करिब साँढे १२ बजे बस दुर्घटना भएको थियो। दुर्घटनामा २३ जना घाइते भएका थिए। 

घाइतेमध्ये ७ जनालाई धनकुटा अस्पताल र ९ जनालाई पाख्रिबास प्राथमिक उपचार केन्द्रमा उपचार गराइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए।

थप उपचारका लागि धरान पठाइएकाहरूमा पथरी-शनिश्चरे नगरपालिका-४ मोरङकी सिर्जना विश्वकर्मा, अर्जुनधारा नगरपालिका ११ झापाका जितबहादुर तामाङ, रामप्रसादराई गाउँपालिका-६ भोजपुरका तिलक खड्का छन।

त्यस्तै मेची नगरपालिका ६ झापाका रमेशकुमार थापा, प्याउली गाउँपालिका ६ भोजपुरका सलबहादुर बिक, महालक्ष्मी नगरपालिका ६ धनकुटाकी सविना भण्डारी र मेची नगरपालिका-७ झापाका सुजन अधिकारीलाई पनि थप उपचारका लागि धरान पठाइएको डिएसपी रायले जानकारी दिए।

झापाको काँकडभिट्टाबाट भोजपुर सदरमुकामका लागि गुडेको प्रदेश १–०१–००१ख ३४२९ नम्बरको बस आइतबार दिउँसो पाख्रिबास नगरपालिका–५ पञ्चेमा दुर्घटना भएको थियो।

ब्रेक फेल भएर बस बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ। बसका सहचालक घाइते भएका छन भने बसचालक प्रहरी सम्पर्कमा रहेका प्रहरीले जनाएको छ।

बसमा जम्मा ३५ यात्रु सवार रहेका प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.