|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता टुंगोमा पुर्‍याउन निर्वाचन आयोगमा ‘हेड काउन्ट’ जारी छ। जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरू आयोगमै पुगेका हुन्। 

जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै बैठक राखेर आआफ्नो दाबी गरिरहेका थिए।

यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको थियो। संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राई लगायतले प्रशिक्षण दिएका थिए। 

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ। संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ।

यस्तै, जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य (निलम्बित) रेशम चौधरी कता खुल्छन् भन्ने अझै निश्चित छैन। टीकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन्।

पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोसँग रुष्ट छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारलाई लिएर जसपा विभाजित बनेको थियो। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.