|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १७ हजारको परीक्षण गर्दा ३४ सय बढी कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार १२ हजार २ सय ४० जनको पिसिआर परीक्षण गर्दा  २ हजार ३ सय ९१ जना र ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जना गरी ३ हजार ४ सय २१ जना नयाँ संक्रमित भेटिएका हुन्।

जसमध्ये काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना गरी काठमाडौँ उपत्यकामा ९९९ जना थपिएका छन् ।

यस्तै आज २५ जना संक्रमितको मृत्यु भएको छ। यो अवधिमा  १ हजार ६ सय ८६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल  नेपालमा संक्रमण मुक्त हुने दर ९४ दशमलव ५ प्रतिशत छ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयुमा ६६९ र भेन्टीलेटरमा १६६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.