|

सिन्धुपाल्चोक : बाढी प्रभावित यहाँका तीन स्थानीय तहलाई नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ।

पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको विशेष पहलमा तीन पालिकालाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। 

प्रदेशभित्र माओवादी केन्द्रले नेतृत्व तथा प्रतिनिधित्व गरेका स्थानीय तहबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको थापाले जानकारी दिए।

दुई पालिका हेलम्बु र मेलम्चीलाई २३ लाख २९ हजार ९९९ का दरले (४६ लाख ५९ हजार बढी) र पाँचपोखरी थाङ्पाललाई २० लाख २९ हजार ९९९ हस्तान्तरण गरिएको हो। 

प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले विपत्तिमा अहिलेका लागि यो सहयोग गरिएको जनाउँदै क्षतविक्षत भएका प्रभावित स्थानीय तहलाई पुनः हराभरा बनाउन केन्द्रमा पनि पहल गर्ने बताए। 

नेता सापकोटाले बाढीग्रस्त क्षेत्र मेलम्ची र हेलम्बुमा तत्काल दुई बेलिब्रिज बनाउन पहल भइरहेको र अर्थ मन्त्रालयबाट पुल निमार्णका लागि निर्देशन आइसकेको जानकारी गराए। 

कार्यक्रममा प्रभावित पालिकाबाट प्रतिनिधित्व गर्दै मेलम्चीका नगर प्रमुख डम्बर अर्यालले विपद्का बेला सहयोग गरेकामा माओवादी नेतृत्वलाई धन्यवाद व्यक्त गरे। रासस

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.