|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) जसपाको विवादबारे निर्णय सुनाउँदै निर्वाचन आयोगले महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्न चाहे दर्ता गरिने निर्णय गरेको छ।

पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिँदै आयोगले ठाकुर पक्षले नयाँ दल बनाउन चाहे दर्ता गरिदिने निर्णय गरेको हो। ‘पार्टीको आधिकारिकता यादव पक्षले पाएको छ’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने,‘महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्न चाहेमा दर्ता गरिदिने निर्णय भएको छ।’

आयोगले सोमबार जसपाका केन्द्रीय कार्यकारिणी समितिका सबै ५१ पदाधिकारी र सदस्यलाई बोलाएर हेडकाउन्ट गरी निर्णय गरेको हो। पार्टीको आधिकारिकता यादव पक्षले पाएसँगै ठाकुर पक्ष दलविहीन अवस्थामा पुगेको छ।

जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यादव पक्षमा ३४ र ठाकुर पक्षमा १६ सदस्य देखिएका छन्। निलम्वित सांसदसमेत रहेका रेशम चौधरी भने तटस्थ बसेका छन्। उनी ढिल्लीबजार कारागारबाट आयोगमा पुगे पनि कुनै पक्षलाई समर्थन गरी फर्किएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.