|

काठमाडौं : टोकियो ओलम्पिकमा आज नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

ओलम्पिकमा आज पौडी खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले प्रतिस्पर्धा गर्ने छन्। एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छन्। उनको खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन्। ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका छन्।​ एलेक्स रहेको हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी रहेका छन्।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। एलेक्ससँगै गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छन्।​ गौरिकाको प्रतिस्पर्धा भने बुधबार रहेको छ। गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्ने छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.