|

भारतको असाम र मिजोरम राज्यको सीमा क्षेत्रमा भएको झडपमा ६ जना प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा असाम राज्यका प्रहरी छन्।

असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गरेका छन्। मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्‚ ‘मलाई ठूलो चोट लागेको छ। असाम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन्। मारिएका प्रहरी जवानका परिवारप्रति समवेदना छ।’

सोमबार साँझ असाम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको थियो। झडपमा केही राउण्ड फायरिङ समेत भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्। यस विषयमा असामका मुख्यमन्त्री शर्मा र मिजोरमका मुख्यमन्त्री जोरामथंगाबीच एकअर्का प्रति आरोपप्रत्यारोप चले पनि पछि वार्ता भएको बिबिसीले जनाएको छ।

६ प्रहरी जवानको मृत्यु भएलगत्तै केन्द्र सरकारका गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति कायम राख्न अपिल गरेका छन्। मिजोरम राज्यको दुई छिमेकी राज्य असाम र त्रिपुरासँग लामो समयदेखि सीमा विवाद छ। गत वर्ष पनि यो क्षेत्रमा तनावको स्थिति सिर्जना भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.