|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेशले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि करिब ६८ लाख रुपैयाँ सहयोग गरेको छ। 

सोमबार माओवादी केन्द्र बागमती प्रदेशले ६७ लाख ९० हजार रुपैयाँ रकम हस्तान्तरण गरेको हो। बगमती प्रदेशले संकलन गरेको रकम सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाम्पाल गाउँपालिकाका बाढीपीडित परिवारको राहत तथा पुनर्स्थापना र पुनर्निर्माण कार्यमा प्रयोग गर्ने गरी हस्तान्तरण गरिएको माओवादी नेता हितबहादुर हितबहादुर तामाङले जानकारि दिए। 

रकम सोमबार बिहान मेलम्ची नगरपालिकाको सभा हलमा बागमती प्रदेशका सहइञ्चार्ज हितमान शाक्य, हितबहादुर तामाङ र अध्यक्ष नारायण दाहाल, केन्द्रीय सदस्य माधव सापकोटा, केन्द्रीय सदस्य युवराज दुलालको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो। रकम बागमती प्रदेशअन्तर्गतका माओवादी केन्द्रको तर्फबाट निर्वाचित नगर तथा गाउँपालिकाहरुबाट प्रदेश कार्यालयको समन्वयमा संकलन गरिएको नेता तामाङले बताए। नुवाकोटको ककनी र पन्चकन्या गाउँपालिकाले ८ लाख, धादिङको बेनिघाट रोराङ गाउँपालिकाले ३ लाख, चितवनको भरतपुर महानगरपालिकाले १० लाख र माडि नगरपालिकाले ६ लाख रुपैयाँ सहयोग गरेका थिए।
 
यस्तै, सिन्धुलीको मरिण र सुनकोसी गाउँपालिकाबाट ६ लाख, रामेछापका सुनपति र दोरम्बा गाउँपालिकाले ६ लाख, काभ्रेको चौरीदेउराली र महाभारत गाउँपालिकाबाट ९ लाख रुपैयाँ दिएको थियो। मकवानपुरको बागमती गाउँपालिकाले ३ लाख, सिन्धुपाल्चोकको चौतारा साँगाचोक नगरपालिकाले ११ लाख, भोटेकोसी गाउँपालिकाले ५ लाख र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले ९० हजार रुपैयाँ सहयोग गरेको गरी एकमुष्ट ६७ हजार ९० हजार रुपैयाँ मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाम्पाल गाउँपालिकालाई बराबरीका दरले हस्तान्तरण गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.