|

१२ वर्षीया बालिकासँग सम्बन्धमा रहेका एक २४ वर्षीय युवकलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ।

ती बालिकालाई सुत्केरी गराउन अस्पताल लगेको अवस्थामा प्रहरीले त्यहीँबाट बलात्कार आरोपमा निजलाई पक्राउ गरेको हो। ती युवकले १२ वर्षकी गर्भवती बालिकालाई सुत्केरी गराउन अस्पताल लिएर पुगेका थिए।

अमेरिकाको ओक्लाहोला शहरस्थित हिलक्रेस्च मेडिकल सेन्टरले प्रहरीलाई १२ वर्षकी बालिकालाई सुत्केरी गराउन ल्याइएको सूचना दिएको थियो। सोही सूचना आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको हो।

ती बालिकाले भने छोरी जन्माएकी छिन्। आमा र छोरी दुवै स्वस्थ छन्। उनलाई अहिले अस्पतालबाट डिस्चार्ज गरिएको छ।  २४ वर्षका जुआन मिरान्डा जराले प्रहरीलाई बताएअनुसार उनी २०२० अक्टोबरदेखि नै ती बालिकासँग सम्बन्धमा थिए।

प्रहरीका अनुसार ती युवकलाई आफ्नो सम्बन्ध स्वीकार गर्न कुनै हिच्किचाहट थिएन र उनी आफू पिता बनेकोमा गर्व महसुस गरिरहेका थिए।

ती युवक अस्पतालमा प्रहरी देखेपछि पनि निकै अल्मलिएका थिए। उनले एक नाबालिगसँग शारीरिक सम्बन्ध राखेर गम्भीर अपराध गरेपनि त्यस्तो महशुस नै नगरेको त्यहाँको प्रहरीले जनाएको छ।

ओक्लाहोमा शहरमा शारीरिक सम्बन्धको लागि सहमति दिने न्यूनतम उमेर १६ वर्ष हो। अर्थात् १६ वर्षभन्दा कम उमेरका कसैसँग पनि शारीरिक सम्बन्ध सहमतिमै भएपनि बलात्कार मानिन्छ।

१२ वर्षकी बालिका ९ महिनासम्म गर्भवती रहँदा कसैले प्रशासनमा किन जानकारी दिएनन् भन्ने विषयमा पनि प्रहरीले जाँच गरिरहेको छ। सामाजिक सञ्‍जालमा गरिएका केही पोस्टमा जुआनका आफन्तलाई यसबारे थाहा भएको पनि पाइएको छ।

जुआनले आफू नाबालिगसँग सम्बन्धमा भएको मात्र नभइ बेबी शावरका तस्वीर पनि पोस्ट गरेका थिए। जुआनलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ।

अब छुट्नको लागि उनले ५० हजार डलरको बोन्ड तिर्नुपर्नेछ। जुआनलाई अब २६ अगस्टमा अदालत पेश गरिने अमेरिकी मिडियाहरूमा खबर छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.