|

दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चार लेन सडक निर्माण क्रममा ह्युमपाइप राख्न खनिएको खाल्डोमा रा ६ प ७२५ नम्बरको मोटरसाइकल खस्दा त्यसमा सवार चूडामणि भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भण्डारीको घर तुलसीपुर उपमहानगरपालिका-१०, राइखल्यान रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले भण्डारी कति बजे दुर्घटनामा परेका भन्नेबारे थाहा हुन नसकेको जानकारी दिए।

बिहान स्थानीयहरूले खाडलमा दुर्घटनाग्रस्त मोटरसाइकल र मानिस देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतकको शव पोस्टमार्टम गर्न अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.