|

गुल्मी : मुसिकोट नगरपालिकाले नगरभित्रका उत्कृष्ट उद्यमी खोजी गरेको छ। ‘नगर प्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रम गरी उत्कृष्ट उद्यमी खोजी गरेको हो।

कार्यक्रममार्फत मुसिकोटमा १२८ जना उद्यमीको पहिचान भएको छ। तीमध्ये प्रतिस्पर्धाबाट ४० र २० हुँदै १० जना छानिएका छन्। १० जनामध्येबाट साउन १४ गते उत्कृष्ट दुईजना छनौछ गरिने नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले बताए।

उत्कृष्ट दुईले एक÷एक लाख र अन्य आठजनाले जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने घिमिरेले जानकारी दिए। उत्कृष्ट १० जनाले आफ्नो उद्यम यात्रा र आगामी तीन वर्षको व्यावसायिक योजना प्रस्तुत गर्ने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.