|

काठमाडाैं : टोकियो ओलम्पिक जारी छ। विश्वभरका टिमले पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्। चीन, जापान, अमेरिका, वृटेन शीर्ष स्थानका लागि प्रतिस्पर्धामा छन्। यस्तोमा प्रतियोगिता आयोजना भने निकै मँहगो पर्ने गरेको छ।

विश्वभरका शिक्षाविद, अर्थशास्त्रीहरुले ओलम्पिक आयोजनाले देशको अर्थतन्त्रमानै असर गर्न सक्ने दाबी गरेका छ्न। जसले गर्दा ओलम्पिक आयोजना आफैमा ठूलो दबाबका रुपमा लिने गरिन्छ।

ओलम्पिक जस्तो मँहगो खेल आयोजना र यो पटक कोरोना महामारीका कारण जापानलाई टुरिजमका हिसावले भने सुखद् रहेन। टोकियो ओलम्पिकमा कडा स्वास्थ्य प्रोटोकलका कारण यो पटकको टोकियो ओलम्पिकको बजेट पनि बढेको छ। साथै समग्र खर्चमा समेत बढोतरी भएको छ।

कोरोनाका कारण एकवर्ष प्रतियोगिता धकेलिँदा जापानले २.८ बिलियन डलर अतिरिक्त खर्च ब्यहोर्नू परेको छ। जसमा दुई तिहाइ भन्दा बढी खर्च पब्लिक फन्डिङ मार्फत गर्नु परेको छ।

जापानका अनुसार यो खर्च पहिलेबाटै अधिक थियो। जुन पछिल्लो समय थप बढ्यो। जब २०१३ मा जापानको राजधानी टोकियोमा ओलम्पिक आयोजनाको अनुमति दिइयो। तत्कालिन समयमा ७.३ बिलियन डलर खर्च हुने अनुमान गरिएको थियो।

२०१९ मा यसलाई संसोधन गरियो। २०१९ मा यसको लागत बढेर १२.६ बिलियन डलर पुग्यो। २०१४ मा रुसको सोचीमा भएको विन्टर ओलम्पिकमा २८९ प्रतिशत खर्च बढेको थियो।

त्यतिबेला २१.९ बिलियन डलर खर्च गरिएको थियो। जापानको नेशनल अडिट बोर्डका अनुसार जापान ओलम्पिकको अन्त्य लागत २२ अर्ब डलर भन्दा बढी हुने छ। आर्थिक समाञ्चारपत्र निक्ककेइ तथा असाहीको दाबी त अझ बढी छ। उनीहरुका अनुसार ओलम्पिकको अन्तिम लागत २८ बिलियन डलर हुने छ।

२०१६ मा अक्सफोर्ड विश्वविद्यालयले गरेको एक शोधमा हरेक पटक आयोजना भएको ओलम्पिकमा खर्च बढी रहेको छ। १९७६ मा जति अनुमान गरिएको थियो। त्यो भन्दा ७२० प्रतिशत अधिक बजेट खर्च भएको थियो।

१९९२ को बार्सिलोनामा भएको ओलम्पिकमा तय भएको भन्दा ७६ प्रतिशत बढी खर्च गरिएको थियो।  २०१२ को ओलम्पिकमा १५ बिलियन डलर खर्च भएको थियो। जहाँ २०१६ को रियो ओलम्पिकमा ३५२ प्रतिशत बढी लागत आएको थियो।

रियो ओलम्पिकमा कुल १३.७ बलियन डलर खर्च गरिएको थियो। टोकियो ओलम्पिक ८ अगस्ट सम्म चल्ने छ। अक्सफोर्डको रिपोर्ट अनुसार प्रतिष्ठा आर्जनका लागि गरिने यो खर्च साँचिकै एतिहासिक रुपमा बढीरहेको छ।

युनिभर्सिटीका अलेक्जेन्डर बडिजयर तथा डनियल लनका अनुसार १९६० पछि ओलम्पिकको अनुमानित लागत १७२ प्रतिशतले बढेको छ। त्यसैले यो पटक झनै कोरोना महामारी र निश्चित समयमा प्रतियोगिता नहुँदाको मुल्य जापानको जिडिपिमानै पर्न सक्ने तर्फ समेत सरोकारवालाहरुले सचेत गराउँदै आएका छन्। यद्दपि ओलम्पिकको महत्व भने दिनदिनै बढ्दो क्रममा रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.