|

काठमाडाैं : टोकियो ओलम्पिकमा विश्व नम्बर २ जापानी टेनिस स्टार नाओमी ओसाका प्रतियोगिताबाट बाहिरिएकी छन्।

टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला एकल तर्फको स्पर्धामा तेस्रो चरणबाट ओसाका बाहिरिएकी हुन्। उनी चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भइन्।

विश्व वरीयतामा ४२औं स्थानमा रहेकी मार्केटाले दोस्रो वरीयताकी ओसाकालाई ६-१,  ६-४ को सोझो सेटमा हराएकी हुन्। हारसँगै स्वेदशी भूमिमै टोकियो ओलम्पिक २०२० मा स्वर्ण पदक जित्ने ओसाकाको सपना समाप्त भएको छ।

टोकियो ओलम्पिकको उद्घाटन समारोहमा 'ओलम्पिक फ्लेम' प्रज्वलन गरेकी उनले त्यसयता कोर्टमा पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

३२ औं ग्रीष्मकालीन ओलम्पिकको तेस्रो दिन अरियके टेनिस पार्कको सेन्टर कोर्टमा उत्रिएकी ओसाकाले स्विट्जरल्यान्डकी भिक्टोरिया गुलुबिचलाई ६-३, ६-२ ले पराजित गर्दै तेस्रो चरणको यात्रा तय गरेकी थिइन्।

मिडियाको दबाबका कारण मानसिक तनाव भएको भन्दै फ्रेन्च ओपन छाडेकी उनी चार पटक ग्रान्डसलाम जित्न सफल छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.