|
फाइल फोटो

काठमाडौं : सरकारले लुम्बिनी र गण्डकी प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ। 

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ​पृथ्वीबहादुर गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनीका प्रदेश प्रमुखमा नियुक्त गरेको हो। 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। वर्तमान सरकारले दुवै जनालाई पदबाट हटाइदिएको हो।

लुम्बिनीका प्रदेश प्रमुखमा नियुक्त भएका शेरचन यसअघि गण्डकीका प्रदेश प्रमुख थिए। शेरचन माओवादी केन्द्रका र गुरुङ नेपाली कांग्रेसका नेता हुन्‌।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.