|

काठमाडाैं : प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद आशाकुमारी विकले कोरोना कहरका कारण बालबालिकाका किशोरकिशोरीको स्वभावै परिवर्तन भएको बताएकी छन्।

इन्टरनेटमार्फत भएको भए पनि पब्जी र फ्रिफायर जस्ता खेलको लतमा परेर बच्चाहरूको स्वभाव नै परिवर्तन भएको उनले बताइन्। यसले अभिभावकसमेत चिन्तामा रहेका उनले उल्लेख गरिन्।

अनलाइनमार्फत खेलिने खेलहरू बन्द गर्नुपर्ने उनले बताइन्।

‘कोरोना कहरले थलिएको देशको बालबालिका र किशोर किशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सिर्जना भएको छ। इन्टरनेट प्रयोगकर्ता बढेको छ यो खुसीको कुरा हो। तर पब्जी, फ्रिफयर जस्तो खेलको लतमा फसेको उनीहरुमा देखिएको डराउने, झस्कने, जिद्धिपनाजस्तो अनौठो बानीले बच्चाहरुको स्वभावले आमा बाबुमा परेको तनावको कारण निम्तिने रोगहरुको दृश्य सामान्य लाग्ला तर पछि गएर मानसिक रोगीको अस्पतालको अभाव हुने संकेत देखिएकोले तत्काल सरकारले यो अनलाइन खेलहरु बन्द गरियोस्,' उनले भनिन्।

साथै उनले चेतावनी दिँदै भनिन्, 'नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.