|

कालिकोट :  कालिकोट जिल्लाको एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै निधन भएको छ। सुर्खेतदेखि जुम्ला आउँदै गरेको ना७ख ९५१६ नम्वरको मिनि ट्रक दुर्घटना हुँदा गाडीचालक र गाडीधनीको मृत्यु भएको हो। 

स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि अक्सिजन सिलिन्डर बोकेर आएको ट्रक जिल्लाको शुभकालिका वडा नं १ मा पर्ने एस मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

उद्धारका लागि घटनास्थलमा प्रहरी खटिएको हुल्म प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मीमबहादुर बमले बताए। वर्षाको समयमा हिलाम्मे कर्णाली राजमार्गमा दिनहुँ यस्ता घटना घटिरहने भएकाले यो घटना कुनै नौलो नभएको यहाँका स्थानीयको भनाइ छ।

उक्त एस मोडमा गाडीलाई सहजै रुपमा मोड्न निक्कै गाहे हुने गाडी चालकहरू बताउने गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.