|
फाइल फोटो

काठमाडौं : सत्तारुढ गठबनधनको बैठक आज बस्दैछ। विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।

गठबनन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्। बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल हुने बताइएको छ।

जसपाले आधिकारिकताको टुंगो लागेपछि सरकारमा जाने बताएकाले बुधबार गठबन्धनको बैठक बोलाइएको हो। जनमोर्चाले आफू सरकारमा नजाने बताइसकेको छ। गठबन्धनका अरु दलबीच मन्त्रालयको भागबण्डा मिलाउने र आ आफ्नो दलबाट मन्त्री छानेर तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.