|
प्रतीकात्मक तस्बिर

हेटौंडा :  मकवानपुरको बागमती गाउँपालिका-८ फापरबारीमा कालिका कन्स्ट्रक्सनले खनेको खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ। 

मंगलबार साँझ स्थानीय १० वर्षीय सागर सारुको खाडलमा डुबेर मृत्यु भएको हो। बालकको मृत्युपछि स्थानीयले कन्स्ट्रक्सनमा तोडफोड र बा १६ च ५९३७  नम्बरको जिपमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

कन्स्ट्रक्सनको लापरबाहीले बालकको मृत्यु भएको भन्दै स्थानीयवासी तोडफोडमा उत्रिएका हुन्। भीडलाई नियन्त्रणामा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। अहिले बालकको शव उठाएर हेटौंडा ल्याइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.