|

गत मे महिनामा इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच गाजामा युद्ध हुँदा सर्वसाधारण नागरिकलाई निशाना बनाइएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ। 

दुवै पक्षले युद्ध अपराध नै हुने तहमा उत्रिएर सर्वसाधारणलाई निशाना बनाएको ह्यूमन राइट्स वाच निष्कर्ष निकालेको हो। 

मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको सो संस्थाले इजरायलले गरेको तीनवटा हमलामा ६२ जना मारिएका, तर हमला भएको स्थानमा हमासको सैन्य अखडा भएको कुनै पनि प्रमाण नभेटिएको जनाएको छ।

पछिल्लो युद्धका बेला इजरायलले गाजामा हमासको सैन्य अखडालाई निशाना बनाएको दाबी गरेको थियो। 

हमासले पनि इजरायलमा चार हजार ३०० रकेट दागेर त्यहाँका नागरिकमाथि अन्धाधुन्द हमला गरेको रिपोर्टमा उल्लेख छ। 

११ दिनसम्म चलेको सो लडाइँमा जागामा कम्तिमा २६० र इजरायलमा १३ जना मारिएका थिए।

गाजामा मारिएकामध्ये ८० जनामात्रै आफ्ना लडाकु रहेको हमासले दाबी गरेको छ। तर इजरायली सेनाले भने मारिएकामध्ये २०० जना चरमपन्थी रहेको जिकीर गरिरहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.