|

गुल्मी : मुसिकोट नगरपालिकामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु र सातजना घाइते भएका छन्।

चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका-४ को दोभानमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन्।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। घटनाको बिस्तृत बिवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.