|

गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकमध्ये दुई जनाको सनाखत भएको छ।

चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका वडा नम्वर ४ को दोभानमा दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरका अन्दाजी ४५ वर्षका तेजेन्द्र थापा, वडा नम्वर ५ हरेवाका उमेर नखुलेका रेशम कार्की र एकजना महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

जिपमा सवार अन्य ७ सात जना घाइते छन्। घाइतेहरु सबैलाई गुल्मी अस्पतालमा ल्याइँदै गरेको पाण्डेले बताए।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली, सशस्त्रको टोली र नेपाली सेनाको टोली उद्धारमा खटिएको हो।  घटनाको विस्तृत विवरण आउँन बाँकी छ। जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.