|

संयुक्त राष्ट्रसंघले डार्फरमा रहेको मिसनबाट शान्ति सैनिकहरू फिर्ता भएको जनाएको छ।

सो कुराको जानकारी डार्फरमा रहेको संयुक्त राष्ट्रसंघ मिसनका लजिस्टिक प्रमुखले दिएका हुन्‌।

​डार्फरमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका लजिस्टिक प्रमुख अतुल खारेले मंगलबार सो जानकारी दिएका छन्‌ । उनले दक्षिण सुडानको डार्फरमा रहेको मिसनका सदस्यहरू हटेको बताए।

उनका अनुसार सो मिसनमा रहेका शान्ति सैन्य र अरू सबै कर्मचारीहरू पनि त्यहाँबाट हटेका बताइएको छ।

त्यहाँ गएको १३ वर्षदेखि जारी रहेको हिंसाबाट यहाँका नागरिकलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघीय मिसन शुरू भएको थियो।

सो मिसनको अन्तिम समय सन् २०२० को डिसेम्बर ३१ सम्ममात्र रहेको थियो। तर हिंसा जारी नै रहेको भनेपछि यहाँका अधिकारीहरूले आजसम्म यो मिसन जारी राखेका थिए। तर मंगलबारदेखि ती मिसनका सबै सैनिक र कर्मचारी फिर्ता भएका बताइएको हो।

गत जुन ३० मा त्यहाँका ६ हजार प्रहरी र सैनिक फिर्ता भएका थिए। अरू बाँकी रहेका शान्ति सैनिक, प्रहरी र अरू कर्मचारीहरूले पनि मंगलबार सुडान छोडिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.