|

धनगढी : सुदूरपश्चिम सरकारले चियापानमा मात्रै एक वर्षमा १८ लाख बढी खर्च गरेको छ। प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चियापान कार्यक्रममा १८ लाख बढी खर्च गरेको हो। 

कार्यालयले गत आर्थिक वर्षमा चियापान, अथिति सत्कार तथा स्वागत शीर्षकमा १८ लाख १४ हजार ४०९ रुपैयाँ खर्च गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले जानकारी दिए।

यस्तै, आवास र घरभाडामा  ५ लाख ८२ हजार रुपैयाँ खर्च गरेको कार्यालयका सूचना अधिकारी जगदीश जोशीले बताए। यस्तै, कार्यालयले पिउने पानीमा ३ लाख ६२ हजार ४ सय ५५ रुपैयाँ र इन्धनमा १६ लाख ८९ हजार ५ सय ५९ रुपैया खर्च गरेको सूचना अधिकारी जोशीले बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.