|

हेटौंडा : जिल्लाको बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याकटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बकैया–८ खजुरीदमारमा खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा बकैया –३ का २२ वर्षीय बुद्व भोलनको मृत्यु भएको हो। स्थानीय कृष्णबहादुर बज्युको खेत जोत्दै गर्दा अचानक ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। रिमालको अनुसार प्रदेश ३–००१ त २५२ नम्बरको  ट्याक्टर दुर्घटना  हुँदा  भोलनको घटनास्थलमै मृत्यु भएको  थियो।

जंगलमा मानव ककाल फेला

त्यस्तै, पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको छ।

बकैया–४ मा रहेको गुराँस सामुदायिक वनमा मानव कंकाल फेला परेको हो।  मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार मानवको जस्तो देखिने कंकाल देखा परेपछि प्रहरी टोली घटनास्थल पुगेको र मुचुल्का उठाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.