|

गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूमा चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरका अन्दाजी ४५ वर्षका तेजेन्द्रबहादुर खत्री (थापा), वडा नम्बर ५ हरेवाका ४८ वर्षीय रेशम कार्की र रेसुंगा नगरपालिका २ की ६८ वर्षीय सुशीला विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका-४ को दोभानमा दुर्घटना हुँदा जिप चालक चन्द्रकोट गाउँपालिका-५ का ३५ वर्षीय बमबहादुर विक, वडा नम्बर ६ की २० वर्षीय बिनिता परियार, वडा नम्बर ४ का ३९ वर्षीय गगन  क्षेत्री र वडा नम्बर ५ का २२ वर्षीय सुनिल विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

यस्तै,  वडा नम्बर ७ का ३३ वर्षीय गोकुल भण्डारी, २३ वर्षीय मुना भण्डारी र रेसुंगा नगरपालिका-२ की २३ वर्षीय रमिला भण्डारीको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली, सशस्त्रको टोली र नेपाली सेनाको टोली उद्धारमा खटिएको हो। जिप सडकदेखि करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको र घटनाको बारेमा थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ।

मृतक तीनैजनाको शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.