|

हेटौंडा : हेटौंडा एकेडेमीको कार्यकारी प्रमुखमा रमेश रिमाल नियुक्त भएका छन्। बुधबार एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले रिमाललाई स्वागत गरेको छ।

कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख रिमालले विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन आफूले महत्वपूर्ण भूमिका खेल्ने बताए। विद्यालयलाई देशकै उत्कृष्ट बनाउने गरी शैक्षिक कार्यक्रमलाई अगाडि बढाउने उनको भनाइ छ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अरुणराज सुमार्गीले विद्यालयमा उच्च शिक्षा सञ्चालन गर्न रिमालले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। उनले आगामी शैक्षिक शत्रदेखि विद्यालयमा उच्च शिक्षा अध्ययनको तयारी गर्न लागेको बताए। कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्य अंकिता सुमार्गीले विद्यालयको शैक्षिक अवस्थालाई अझ उचाईमा पुर्याउन रिमालले सफलतापूर्वक काम गर्ने बताइन्।

बुधबार नै विद्यालयको अभिभावक संघको अध्यक्षमा हेटौंडा–१ वडा अध्यक्षसमेत रहेका सबिन न्यौपाने चयन भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.