पछिल्लो साता मात्रै २२ हजार बढीमा संक्रमण पुष्टि

|

काठमाडौं : देशभर पछिल्लो समय थप तीन हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार १५ हजार ८ सय ८ जनाको कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने एक हजार ९ सय ९३ जना कोरोनामुक्त भएको उनले जानकारी दिए। काठमाडौंमा पाँच सय ५९,भक्तपुरमा ९४ र ललितपुरमा दुई सय ६ जना गरी उपत्यकाभित्र ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।

साउन महिनाबाट कोरोना संक्रमण बढेको अधिकारीकाे भनाइ छ। गत मंगलबार तीन हजार ८ सय ९९ जना,सोमबार तीन हजार चार सय २१ जना,आइतबार दुई हजार दुई सय ३७,शनिबार तीन हजार एक सय १४ जना संक्रमित भेटिएका थिए।

त्यस्तै,शुक्रबार दुई हजार ९ सय ७७ जना,बिहिबार दुई हजार सात सय १४ जनामा कोरोना संक्रमण भएको थियो। बुधबारको संक्रमितसहित कुल एक सातामा २२ हजार दुई सय दुई जनामा संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.