|

धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा आसेपासेलाई कोरोनाविरुद्ध खोप लगाइएको छ।

आज (बुधबार) देखि भेरोसेलको पहिलो मात्रा दिन वडा–वडामा खोप केन्द्र स्थापना गरिए पनि मन्त्री र कर्मचारी निकटका व्यक्तिलाई मन्त्रालयमै खोप लगाएको हो। 

मन्त्रालयको हलमा ५५ वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई धमाधम खोप लगाइएको हो। मन्त्रालयमा पत्रकार पुगेपछि भने खोप लगाउन खटिएका स्वास्थ्यकर्मी र खोप लगाउन पुगेका मन्त्री र कर्मचारीनिकट व्यक्तिको 'भागाभाग' भएको थियो।  

यो पटक ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अतिअत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई मात्र खोप लगाइने भनिएको थियो। 

यता आफ्नै कार्यकक्षमा रहेका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले यसबारे जानकारी नभएको प्रतिक्रिया दिए। ‘तपाईंहरू आएपछि मात्रै मैले जानकारी पाएँ। यसबारे म बुझ्छु,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.