|

हेटौंडा : हेल्प डेस्क नेपालका युवालाई नेपाली सेनाको टोलीले कोरोना संक्रमितको शव व्यवस्थापनसम्बन्धी तालिम दिएको छ। 

मकवानपुरको सुपारेटारमा रहेको पुरानो गोरखगणका नेपाली सेनाको टोलीले हेल्प डेस्क मकवानपुरका ९ जनालाई तालिम दिएको हो।

केही समयअघि कोरोना संक्रमणले हेटौंडामा दैनिक मृत्यु हुँदा नेपाली सेनाले मात्रै शव व्यवस्थापन गर्दा समस्या भएको थियो। पछिल्लो समय कोरोनो संक्रमण र यसबाट मृत्यु हुनेको संख्या पुनः बढेसँगै हेल्प डेस्कका युवाले शव व्यवस्थापनको तालिम लिएका हुन्।

डेस्क नेपालका संयोजक रामकृष्ण शिवाकोटीका अनुसार सेनाले अस्पतालबाट शव लगेर व्यवस्थापन गरेर प्रयोगात्मक रुपमा नै तालिम दिएको थियो। हेल्प डेस्क मकवानपुरले कोरोना नियन्त्रणमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.