|

जनकपुरधाम : महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा भंगहा नगरपालिका–७ बस्ने १७ वर्षीय राजु पासवान हुन्। 

काकाको घरमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। बर्दिबासमा उपचार क्रममा राजुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले बताए। 

शवलाई पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.