जलेश्वर : महोत्तरीको जलेश्वरमा अवस्थित रातु खोला किनारमा टाउको नभएको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातु खोलाको पश्चिमी किनारबाट बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नभएको शव फेला पारेको हो।
जलेश्वर नगरपालिका(३ स्थित मलिवारा गाउँमा रातु नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा आधा शव फेला परेको हो।
शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ। प्रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।