काठमाडौं : सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्व माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ।
चारै नेताको मुद्दा न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ। माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। चारै नेताले सांसद् पदमा पुनर्बहालीको माग गरेका छन्।
उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन्।
हिजो 'माओवादीमा फर्कने भ्रम फैलाइयो', आज 'माओवादीमै छु' ! |
माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरेपनि आफूहरूले दल त्याग नगरेको चार नेताले जिकिर गरेका छन्। भट्ट कैलाली क्षेत्र नम्बर-४, रायमाझी अर्घाखाँची, साह रौतहट-३ र चौधरी कैलाली-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।