|

काठमाडौं :सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँडबीच बिहीबार छलफल भएको छ।​ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संसदको चालु अधिवेशनमा विधेयकहरू अघि बढाउनेलगायत विषयमा छलफल भएको हो।

सभामुख सापकोटा र मन्त्री खाँडबीच यसवर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापनका सन्‍दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ। 

सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँडले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुन:स्थापनाको कार्य अघि बढाउने जानकारी गराए।  

सिन्धुपाल्चोकको जुरे पहिरोपीडितको नाममा सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए।  
यसवर्ष मनसुनको सुरुवातसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुवै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गतवर्ष पनि बाढी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.