|

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पदाधिकारी बैठकमा प्रतिवेदन बुझाएको छ। बाँकी रहेको प्रक्रिया पूरा गरेर पदाधिकारी बैठकमा प्रतिवेदन बुझाएको क्रियाशील सदस्य छानविन समितिका संयोजक रमेश लेखकले बताए। 

उनले भने, 'क्रियाशील सदस्यता छानविन समितिको बैठकले मापदण्ड अनुसार केन्द्रीय तहबाट निर्णय गर्ने मापदण्डको थियो। अधिकांश काम सकेको थियौँ। प्रतिवेदनमा उल्लेख भएका बिषय बैठकमा पेश गरेका छौँ।' 

केन्द्रीय कमिटीमा प्रवेश गरेको बिषयमा केन्द्रीय तहले नै निर्णय गर्ने उनले बताए। तोकिएकै समयमै निर्वाचन गर्नका लागि काम अगाडी बढाएको समेत उनले बताए। 

'अरु पार्टीबाट आएका नेताहरु समायोजन लगायतको बिषयमा शीर्ष नेताहरुले ५ दिनभित्र निर्णय गर्नुहुन्छ। सबै बिषयलाई टुंगोमा पुर्याएर हामी महाधिवेशनको तयारीमा लाग्छौँ' उनले भने। 

कांग्रेसको महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ। साउन १२ मा हुनुपर्ने वडा अधिवेशन अझै अनिश्चित छ। क्रियाशील सदस्यताको विवादमा अल्झिएको कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न नसक्ने निश्चित भइसकेको छ।  

बुधबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गर्न छानबिन समितिलाई २४ घण्टाको समय दिइएको थियो। 

भदौ १६ गते आउन ३५ दिन बाँकी रहँदा महाधिवेशन समयसीमा भित्र नहुने नेताहरूले बताउन थालेका छन्। कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन तोकेको छ।  ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.