|

जनकपुरधाम : महोत्तरीमा रातु खोलामा टाउको नभएको शरीर फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वरमा रहेको रातु खोलाको पश्चिमी किनारबाट प्रहरीले टाउकोसँगै शरीरका आधा भाग नभएको शव फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश विष्टले जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा बग्दै गरेको रातु नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा सो आधा शव फेला परेको बताए।

शवको टाउको, छाती नरहेको र पेटलगायत आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले खोलाबाट शव झिकी पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.