हेटौंडा : मकवानपुर प्रहरीले ६५ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९ नेवारपानीबाट ६५ किलो लागुऔषध गाजाँ र स्कारपियो गाडीसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चितवनको ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ–६ का ४३ वर्षीय ललित तामाङ रहेका छन्।
उनीहरुलाई बा ११ च ९५०९ नम्वरको स्कारपियोबाट गाँजासहित पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।