बाँँध

|

जनकपुरधाम : नेपाल सरकारकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धनुषाको कमल बाँधको अवलोकन गरेकी छन्। 

कमला नदीमा दुई साताअघि आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरको बाँध भत्काएको थियो। बाँध भत्किएपछि र बाढी बस्तीमा प्रवेश गर्ने जोखिम बढेकाले कटान रोक्न अहिले तत्काल अस्थायी बाँध निर्माण भइरहेको छ।

धनुषाको किरतपुर र पटेर्वामा बाँध मर्मतका लागि मजदुरहरूलाई खटाइएको छ। प्लाष्टिकका बोरामा गिट्टी, बालुवा, माटो हालेर बाढीबाट हुने थप कटान रोक्ने प्रयास भइरहेको छ।

त्यही कमलाको बाढीले कटान गरेको बाँध मर्मतबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भुसालले स्थलगत अवलोकन तथा अनुगमन गरेकी हुन्।  

अवलोकन क्रममा मन्त्री भुसालले आफू मन्त्री भएकै भोलिपल्ट बाँध मर्मतका लागि ५० लाख बजेट निकास गरेको बताइन्। उनले बाँध मर्मतकै लागि बर्सेनि २–४ करोड खर्च गरेर सम्भव नहुने पनि बताइन्। 

कमला नदीले त्यस क्षेत्रमा भत्काएको बाँधको स्थायी रूपमा निर्माण गरिनुपर्ने आवश्यकता देखिएको बताइन्। बाँँध पुनर्निर्माणका लागि रकम छुटयाउने आश्वासनसमेत उनले दिइन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.