|

पर्सा : झुटो विवरण पेस गरी नेपाली नागरिकता लिन खोज्ने नक्कली बाबुछोरीलाई प्रहरीले पक्राउ गरेको छ। 

भारतीय महिलासहित नागरिकता बनाइदिने बुबा बनेका पर्साका धुरुप प्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो। आफूलाई 'ठूलो दाइ' ठान्ने भारतकी छोरीले नेपाली नागरिकता लिएको खुलेपछि बनावटी बाबु छोरीलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्ने भारतीय महिला भारतकी सीता पटेल रहेकी पर्सा प्रहरीले जनाएको छ। नेपाली नागरिकता लिएपछि भने उनको नाम नागरिकतामा कविता कुमारी भएको छ।

उनले झुटो विवरण पेश गरी २०७० साल पुस ११ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट लिएको नागरिकता ना.प्र.नं. ३४–०१–७०–१०३५२ रहेको फेला परेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

अभियुक्त सीताले बनाएको नागरिकतामा पर्साको बैरियाविर्ता दा.पु. गाविस वडा नम्बर ९ का ५१ वर्षीय धुरुप प्रसाद पटेलले छोरी बनाई सनाखत गरिदिएको भेटिएको छ।

त्यसैले पटेललेलाई पनि पक्राउ गरी दुवैलाई नागरिकतासम्बन्धी कसुरमा अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको पनि उनले बताए। ​अभियुक्तहरूबारे प्रहरीलाई प्राप्त सूचनाअनुसार पर्सा वीरगन्ज महानगरपालिका-१३ श्रीपुरबाट दशीसहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.